Informações
धौलागिरी अञ्चलको वागलुङ जिल्ला सदरमुकाम बाट ४६ कोष पश्चिममा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल र नेपालको एकमात्र सिकार आरक्ष तथा दक्षिण एसियाकै उच्च स्थानमा रहेको सिमसार क्षेत्र, जडीबुटीको भण्डार, लघुजलविद्युत र झोलुङ्गे पुलको जिल्ला लोकसँस्कृतीको उद्गमस्थल जैविक विविधताले भरीपुर्ण निसी, भुजी र तमान तिन ठूला नदीहरुको संगम स्थल ढोरपाटन क्षेत्रका विभिन्न क्षेत्रमा आवद्ध विचारशील, कर्मशील, राष्ट्रसेवक, समाजसेवी, युवा, महिला, उद्यमी, व्यवसायी, श्रमजिवी, पत्रकार, प्रवासी, चिकित्सक, इन्जीनियर, शिक्षक, न्यायधिश,भु.पू. सैनिक राजनितिज्ञहरुको साझा अभियानका साथ बुर्तिवाङ बजारमा स्टेशन र अर्नाकोटमा टावर राखी सामुदायिक रेडियो ढोरपाटन १०४.१ मेगाहर्जले सम्पूर्ण तयारी पुरा गरि नयाँ वर्ष २०६८ बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा परिक्षण प्रसारण सुरु गरेको पुनःस्मरण गराउन चाहन्छौं ।
Telefone:
+977 1 4357883 Morada:
Burtibang -1, Baglung, Nepal